२३ बैशाख २०७७, मंगलवार

काठमाडौं, २३ बैशाख । नेपालमा थप ७ जनामा कोभिड १९ आर्थात् कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालकाे प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको नयाँ संक्रमितहरुमा एक बालिकासमेत रहेकी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका- ८ का ३ जनामा काेराेना देखिएकाे छ । उनीहरू २२, ३० र ४० वर्षका पुरुष रहेका छन् ।

त्यस्तैगरी सोही स्थानका ९ वर्षीया बालिका र अन्य ३२, ३४ र ५५ वर्षीया महिलाहरुमा पनि काेराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

This image has an empty alt attribute; its file name is 96358874_162475918526935_5679339575961452544_n.jpg

यसअघि नेपालमा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । आइतबार मात्रै वीरगञ्जमा १ जना र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमित भेटिएका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कुल कोरोना संक्रमित ८२ मध्ये प्रदेश १ मा मात्रै ३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ । प्रदेश ५ मा २३ र प्रदेश २ मा १३ जनामा संक्रमण देखिएको छ । यस्तै, बागमती प्रदेशमा सात र सुदूरपश्चिममा पाँचजना संक्रमित रहेको छ ।

संक्रमितमध्ये ६२ पुरुष र २० जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५ गतेसम्म छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV