२२ बैशाख २०७७, सोमबार

एजेन्सी, २२ वैशाख । अर्जेन्टिनाका प्रोफेसनल फुटबल खेलाडी मार्कोस रोजोले लकडाउनको नियमविपरीत काम गरेको कारण इंगल्याण्डको म्यान्चेष्टर युनाइटेड क्लवले उनी माथि कारवाही गर्ने भएको छ । उनले साथीहरुसंग लकडाउनको समयमा धुमपान गरेको र जुवा खलेको कारण उनीमाथि कारवाही गरिने भएको हो ।

एस्टुडिअन्टसबाट लोनमा रहेका ३० वर्षीय रोजोलाई वल्र्ड ट्राफ्र्ड क्लवले उनको आफ्नो जिम्मेवारी सम्झाउने जनाएको छ । त्यस्तै सामाजिक दूरीको बाबजुद अर्जेन्टिनाका डिफेन्डरका भाई फ्रान्कोले आफ्नो जन्म भूमिको साथीहरुसंग रमाइलो गरेका थिए । उक्त विषयको दृश्य सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो तर अरुसम्म पुग्नु अगाडिनै उक्त पोस्ट हटाइएको थियो । राष्ट्रपति अल्बर्टो फर्नांडीजले भर्खरै मे १० सम्म अर्जे्न्टिनामा लकडाउन विस्तार गरेका छन्।

नोभेम्बरदेखि युनाइटेडका लागि नखेलेका रोजो जनवरीमा आफ्नो घर फर्किएका थिए। उनले एस्टुडियान्ट्ससँग लोन सम्झौतामा सहमति गरेका थिए । जहाँ उनले यो सिजनको अन्त्यसम्म आफ्नो करियर सुरु गरेका हुन् । उनी लकडाउनलाई उल्लंघन गर्ने प्रिमियर लिगका एक स्टार हुन् ।

त्यस्तै इंगल्याण्डका ऐस काइल वाकरले पनि कोरोनाभाइरसको रोकथामका लागि लगाइएको लकडाउनलाई बेवास्ता गरेर आफ्नो फ्ल्याटमा साथी र दुई कल गर्लहरूको साथ तीन घण्टाको सेक्स पार्टी होस्ट गरेका थिए । पछि वाकरले आफ्नो अविवेकीकरणको लागि माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV