२२ बैशाख २०७७, सोमबार
  • हिक्मत रावल

मसुरिया, कैलाली, २२ बैशाख । एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै आज दवाब ¥याली निकालिएको छ ।

विद्यार्थीसहित स्थानीयहरुले गौरीगंगा नगरपालिकाको वडा नं ९ मसुरिया, ८ बढैपुर र ४ राजिपुर बजारमा विरोध ¥याली निकालेका हुन् । भुसाल मृत भेटिएको १२ दिन हुँदा पनि घटनाको बारेमा प्रहरीले अनुसन्धान पूर्ण नगरेको उनीहरुले आरोप लगाएका छन् ।

हिजो पनि मसुरिया क्षेत्रका नागरिकहरु र पूर्व विद्यार्थी पनि पूर्वपश्चिम राजमार्गमा पनि विरोध ¥याली निकालेका थिए । ठूलो संख्यामा स्थानीय नागरिकहरु लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर ¥यालीमा सहभागी भएका थिए । घट्नाको छानबिनमा प्रहरीले ध्यान केन्द्रित नगरेको सहभागीहरुको गुनासो छ भने घटनालाई अन्तै मोड्ने प्रयास भएको आरोप समेत लगाएका छन् । यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको बारेमा छानबिन भइरहेको जनाएको छ ।

निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसााल पूर्व–पश्चिम महेन्द्र राजमार्गको आमखैयामा गत बैशाख ११ गते मृतअवस्थामा फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV