२२ बैशाख २०७७, सोमबार

काठमाडौं, २२ बैशाख । नेपाली मुलका दिवेश पोखरेल विश्वकै चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप १० मा परेका छन् ।

‘अमेरिकन आइडल’को स्टेजमा उत्कृष्ट प्रस्तुती दिँदै आएका दिवेश आजको प्रस्तुतीका आधारमा उत्कृष्ट १० मा पर्न ससफ भएका हुन् ।

सुरुवाती चरणबाटै लगातार जज र आम दर्शकको मन जित्दै आएका दिवेशले सुरुदेखि यहाँसम्म ल्याउन हरेक राउण्डमा सहयोग गर्नै तथा भोट गर्ने विश्वका सबैलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले आगामी दिनमा पनि सहयोग जारी राख्न अनुरोध गरेका छन् ।

स्टेजमा अर्थर गनकनको उपनामले परिचित दिवेशको आजको प्रस्तुती प्रति पनि जजहरु सन्तुष्टि देखिएका थिए ।

दिवेशकाे आजको प्रस्तुतीमा पनि जजहरूबाट ‘मोर कनेक्टेट विथ योर पफमेन्स् भनिएकाे थियाे । काठमाडौमा जन्मीएका दिवेश हाल पढाइको शिलसिलामा परिवारसहित अमेरिकामै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV