२२ बैशाख २०७७, सोमबार

काठमाडौँ, २२ वैशाख । नेकपा सचिवालयको शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘नाटकीय’ रूपमा परिवर्तन भए । बैठक सुरु हुनुअघिसम्मको स्थितिअनुसार उनी शनिबार पनि त्यसैगरी कड्किनुपर्ने हो, जसरी बुधबार प्रस्तुत भएका थिए ।

तर माहोल एकाएक शान्त र शालीन बनेपछि बैठकमा उपस्थित अरू सचिवालय सदस्यहरू पनि छक्क परे । वरिष्ठ नेता माधवकुमार नेपालले त पार्टी विधि र पद्धतिमा चलाउने र आपसी सहमतिका आधारमा अघि बढ्ने अध्यक्षद्वयको प्रतिबद्धतालाई ‘शंकाको सुविधा’ सहित हेर्ने प्रतिक्रिया दिए ।

बुधबार गर्मागर्मी वादविवाद गरेर बाहिरिएका नेकपा सचिवालय सदस्यहरूको शनिबार साँझको छलफल सौहार्दपूर्ण रूपमा कसरी अगाडि बढ्यो ? बराबरी हैसियतमा बसेर अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले पार्टी एकताबारे उस्तै खालको अभिव्यक्ति दिन कसरी सम्भव भयो ? जबकि बुधबारको बैठकमा दाहालको आक्रोश, शुक्रबार ओली र दाहालबीचको भेटमा भएका असमझदारी र शनिबार दिउँसोसम्मको राजनीतिक घटनाक्रमले सचिवालयको बैठक बहुमत–अल्पमतकै लडाइँमा पुगेर रोकिन्छ भन्ने आकलन स्वयं नेताहरूले पनि गरेका थिए । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV