२१ बैशाख २०७७, आईतवार

काठमाडौं, २१ बैशाख । आइतबार एकै दिन नेपालमा १६ जना कोरोना संक्रमित थपिदा कलिलो उमेरका व्यक्ति पनि संक्रमित भएका छन् ।

नेपालगञ्जमा एकै दिन १५ जनामा संक्रमण देखिदा संक्रमितको लहरमा कलिला व्यक्ति पनि परेका हुन् ।

उनको उमेर ७ बर्ष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर उनको लिंगको बारेमा भने केही खुलाइएको छैन ।

यस अघि जनकपुरका एक १४ बर्षीय किशोरमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो ।

आइतबार नेपालगञ्जको प्रयोगशालामा परीक्षण गर्दा ७ देखि ५८ वर्ष उमेरका व्यक्तिमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

तर ती ७ वर्षीय बालक हुन या बालिका भन्ने बारेमा केही खुलाइएको छैन । यस अघि नेपालमा भेटिएका अधिकांश युवा र बृद्धवृद्धा थिए ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पनि बालबालिकाको तुलनामा बृद्धवृद्धा बढी जोखिममा रहेको बताउदै आएको छ । डब्ल्युएचओको रिपोर्टमा कोरोना संक्रमणको जोखिम बालबालिकामा एकदमै न्यून रहेको उल्लेख गरेको छ ।

उसको प्रतिवेदन अनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट ९ बर्षसम्मका बालबालिकाको मृत्यु समेत भएको छैन ।

तर नेपालगञ्जको कलिलो उमेरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालका यो केस जटिल बनेको छ ।

बालबालिका कम जोखिममा छन् भनेर ढुक्क पर्ने अवस्था पनि अब नेपालमा नरहेको तथ्यलाई स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV