
काठमाडौं, २१ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले “एफवान सफ्ट इन्टरनेशनल”संग बैंकको मोबाइल बैंकिङ्ग स्तरोन्नति सम्बन्धी सम्झौता गरेको छ । सो सम्झौता अनुसार बैंकको “सेञ्चुरी पे” मोबाइल बैंकिङ्ग एप डाउनलोड गर्न सकिनेछ ।

सेञ्चुरी पे मार्फत ग्राहकहरुले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महशुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाख भन्दा बढी मर्चेन्टमा क्यूआर कोड भुक्तानी गर्न सकिनेछ ।
यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाइल मार्फत आफै मोबाइल बैंकिङ्ग एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ ।