उद्यमी र बैंकरबीच विवाद चर्किएपछि दवावमा उद्योग मन्त्रालय (भिडियो)



प्रकाशित मिति : May 03, 2020

काठमाडौं, २१ बैशाख । विश्वव्यापीरुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रकोपबाट अर्थतन्त्र सवै भन्दा बढी मारमा परेको छ ।

यसैको जोखिम न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनबाट उद्योग कलकारखाना, होटल तथा पर्यटन उद्योग यातायात देखि साना ठूला सवै उद्योग ब्यवसाय प्रभावित भएका छन ।

साना घरेलु मझौलादेखि ठूला उद्योगहरु बन्द हुँदा त्यहाँ प्रत्यक्षअप्रत्यक्ष रुपमा जोडिएका करीव ५० लाख श्रमिक मजदूरको रोजगारी संटकमा परेको छ ।

उद्योग बिभागकाअनुसार नेपालमा ठूला उद्योगहरु ७ हजारको हाराहारीमा छन भने ठूला उद्योगमा २० खर्व लगानी भएको छ । २५ करोडभन्दा बढी लगानी भएकाउद्योगहरु ठुला उद्योग अन्र्तगत पर्दछन ।

नेपालको ठुला उद्योगहरुमा ६ लाखभन्दा बढी श्रमिक प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन ।

नेपाल घरेलु तथा सानाउद्योग महासंघका अनुसार साना मझौलातथा घरेलु उद्योगको संख्या नेपालमा ४ लाख १८ हजारको हाराहारीमा रहेका छन । घरेलु तथा साना उद्योगमामात्र २५ लाखभन्दा बढी श्रमिक मजदूर आवद्ध रहेका छन ।

नेपालको सबै खालको उद्योग ब्यवसाय र ब्यापारमा बैक तथा वित्तीय क्षेत्रको ३२ खर्व ५० अर्वको कर्जा लगानी रहेको छ । पछिल्लो समय बैंकहरुले साना मझौलाउद्योग ब्यवसायको लागि एसएमईको बेग्लै कोष खडा गर्न थालेका छन ।

तर, कारोनाभाइसरबाट उत्पन्न परिस्थितिको कारण साना ठूला उद्यमी ब्यवसायीहरुले बैंकको नियमित ब्याज तिर्न सकेका छैनन् । नेपाल बैंकर्स सघका अनुसार गत चैत महिनामा ८० प्रतिशत उद्यमी ब्यवसायीले बैकको ब्याज तथा किस्ता बुझाउन सकेनन् ।

उद्यमी ब्यवसायीहरुले उद्योग मन्त्रालयले उद्योग तथा ब्यवसायको क्षेत्रमा कुनै पनि कार्यक्रम ल्याउन नसकेको भन्दै गुनासो पोखेका छन ।

यिनै बिषयहरुमान्यूज २४ टेलिभिजनको नयाँ प्रस्तुति लक टकमा उद्यमी व्यवसायी सरकारका मन्त्री र बैैंकर्ससँग खुला छलफल गरिएको थियो ।

कार्यक्रममा बैकको ब्याज र उद्यमीको नाफा नोक्सानको बिषयमा बैकर्स र उद्यमीहरुबीच एक अर्कामा आरोप प्रत्यारोप चल्यो ।

उद्योग राज्यमन्त्री मोतिलाल दुगडको प्रयास

उद्योग बाणिज्य तथाआपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले उद्यमी ब्यवसायीको गुनासोलाई उद्योग मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउनु भयो ।

सरकारले बन्द हुन सक्ने उद्योग, उद्योगमा आवद्ध मजदूर र औधोगिक क्षेत्रको स्थितिको बिषयमा होमवर्क गरिहरहेको जानकारी दिनु भयो । उद्यमी र बैंकर्सलाई बिवाद भन्दा पनि सहकार्य गर्न आग्रह गर्नु भयो ।

बैंकर्सको आपत्ति

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले उद्यमी ब्यवसायीहरुले बैंकमाथि लगाएको आरोप खण्डन गर्नु भयो । उहाँले नाफा बैकले मात्र नभई उद्यमीहरुले पनि प्रशस्त नाफा गरेको जानकारी बैकसँग रहेको जिकिर गर्नुभयो ।

उद्यमी ब्यवसायीहरुको कारोवार पनि पारदर्शी हुनुपर्ने भन्दै अध्यक्ष दाहालले बैंकको क्षमता भन्दा बाहिर गएर सहुलियत दिन सक्ने अवस्था नरहेको स्पष्ट पार्नु भयो ।

उद्यमीको आक्रोश

उद्योग बाणिज्य महासंघका दिनेश श्रेष्ठले बैक तथा वित्तीय संस्थाको नाफा र कारोवार माथि नै प्रश्न उठाउनु भयो ।

कोरोना भाइसरको यो महामारीमा समेत बैक तथा वित्तीय संस्थाले ऋणिका मर्म र भावना नबुझेको गुनासो गदै उद्यमीहरुले यति वेला बैंकको ब्याज र किस्ता बुझाउन सक्ने अवस्था नहुँदा पनि बैंकले दवाव दिएको आरोप लगाउनु भयो ।

उहाँले बैकिङ क्षेत्रले आफनो नाफा घटाएर भएपनि उद्यमी ब्यवसायीलाई सहुलियत दिनु पर्ने बताउनु भयो ।

घरेलु तथा साना उद्यमीको पीडा

उमेश प्रसाद सिंह कार्यवाहक अध्यक्ष नेपाल घरेलु तथा सााना उद्योग महासंघ
देशभर छरिएर रहेका करिव ४ लाख भन्दा बढी उद्यमी ब्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाले सहयोग नगरेको गुनासो घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहको छ ।

महासंघका अध्यक्ष सिंहले सरकारले साना तथा मझौला उद्योग ब्यवसाय (एसएमई)लाई सहयोग गर्ने भनेता पनि सरकार र बैंक कुनैबाट पनि सहयोग नभएको गुनासो गर्दै साना उद्योग ब्यवसायमा सवै भन्दा बढी श्रमिक तथा मजदूरहरु आवद्ध रहेको जानकारी दिनुभयो ।

उहाँले बैक तथा वित्तीय संस्थाले मानवीय ब्यवहार समेत नगरेको कारण साना ब्यवसायी बैंकबाट आजित भएको गुनासो गर्नु भयो ।

बाँकी भिडियोमा हेनुहोस् :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com