२१ बैशाख २०७७, आईतवार

काठमाडौं, २१ वैशाख। रुसमा कोरोना भाइरसको संक्रमितको संख्या ह्वातै बढेको छ ।

रुसमा एकैदिनमा कोरोना भाइरसको संक्रमितको संख्या दश हजार छ सय ३३ ले वृद्धि भएको तथ्यांक बाहिरिएको छ । बढेको संख्यासंगै त्यहाँ यो समचार तयार पार्दासम्म एक लाख ३४ हजा ६ सय ८७ जना संक्रमितको पुगेको जनाइएको छ ।

वल्र्डोमिटर्स डट इन्फोका अनुसार रुसमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या एक हजार दुइ सय ८० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ५८ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म रुसमा १६ हजार ६ सया ३९ जनाले कोरोना भाइरसलाई जितिसकेका छन् भने एक लाख १६ हजार ७ सय ६८ वटा कोरोनाका केसहरु सक्रिय छन् । अहिलेसम्म भेटिएकामध्ये आधाभन्दा धेरै राजधानी सहर मस्कोको रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV