ग्लोकल आफ्टर स्कुलले ३ दिने अनलाइन हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने



प्रकाशित मिति : May 03, 2020

काठमाडौं, २१ बैशाख । ग्लोकल आफ्टर स्कुलले ३ दिने नलेज म्यास्ट्रो, एसईई एडिशनको अनलाइन हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

लकडाउनको समयमा घरमै बसेका एसईई दिन तयार भएका विद्यार्थीहरुलाई लक्षित गरी ग्लोकल आफ्टर स्कुलले उक्त अनलाइन हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

खाली समयमा विद्यार्थीहरुको पढाईलाई अभ्यास गराउन र बौद्धिक क्षमतालाई विकास गराउने हिसावले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराइएको छ । काठमाण्डु वल्र्ड स्कुलको सहकार्यमा ग्लोकल आफ्टर स्कुलले नलेज म्यास्ट्रो एसईई एडिशनको आयोजना लागेको हो ।

यस प्रतियोगिता मे ८ बाट सुरु भएर ३ विजेताहरुको घोषणासँगै मे १० मा सम्पन्न हुने जानकारी गराइएको छ । यस प्रतियोगिताको प्रथम विजेतालाई रु २५ हजार नगद पुरस्कार र ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको दोस्रो विजेतालाई रु १५ हजार नगद पुरस्कार र ३० प्रतिशत छात्रवृत्ति र तेस्रो विजेतालाई १० हजार नगद पुरस्कार र २० प्रतिशत छात्रवृत्ति शिक्षण शूल्क प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com