२१ बैशाख २०७७, आईतवार

वीरगञ्ज, २१ वैशाख । एक हप्ताअघि मात्रै डिस्चार्ज भएर घर फर्किएका रौतहटका एक युवकलाई फेरि शंकास्पद लक्षणका आधारमा आइसोलेशनमा ल्याइएको छ । रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो ।

एक साता अघि वीरगञ्जका तीन जनासँगै रौतहटतका ती युवकलाई कोरोना संक्रमणबाट मुक्त भएको भन्दै डिस्चार्ज गरिएको थियो । उनलाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डिस्चार्जपछि उनी घरमा परिवार र आफन्तसँग बस्दै आएको बताइएको छ ।

तर उनी फेरि अस्वस्थ भएपछि शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । अस्पताल स्रोतका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि ती युवकलाई वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । यद्यपि उनमा पुन: काेराेना पाेजेटिभ रहे, नरहेकाेबारे भने खुल्न सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV