२१ बैशाख २०७७, आईतवार

एजेन्सी, २१ वैशाख । काेराेना भाइरस अर्थात काेभिड-१९ काे राेकथाम तथा नियन्त्रणकाे लागि फ्रान्समा २४ जुलाईसम्म राष्ट्रिय आपतकालको अवधि बढाइने भएको छ । शनिबार भएकाे पत्रकार सम्मेलनामा फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भरानले उक्त प्रस्ताव राख्ने जानकारी दिइएकाे हाे ।

सरकारका प्रवक्ता सिबेत एनडिएका अनुसार फ्रान्सका स्वास्थ्य मन्त्री भरानले सोमबार आपतकाल बढाउने प्रस्ताव संसदमा राख्नेछन् । २४ मार्चबाट सुरु भएको आपतकालको अवस्था तत्काल हटाउँदा अपरिपक्‍व हुने र कोरोना संक्रमण बढ्ने उनले बताएका छन् ।

प्रवक्ता एनडिएले पत्रकार सम्मेलनमा स्वास्थ्य आपतकालको अवस्था विस्तार गर्ने विधेयकलाई राष्ट्रियसभामा पठाउनु अघि सदनमा छलफल गरिने बताएका छन् ।

फ्रान्समा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार पुगेको छ भने २४ हजार ७६० को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV