२० बैशाख २०७७, शनिबार

काठमाडौं, २० बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आगामी बैशाख २५ गते बस्ने भएको छ ।

यसैगरी नेता बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाउने निर्णय समेत भएको छ ।

प्रधानमन्त्री निवास वालुवटारमा आज साँझ बसेको बैठकले स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको हो ।

त्यसरी नै बैठकले उपयुक्त समयमा नेता गौतमलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाउने निर्णय समेत गरेको छ ।

बैठक पछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन र कामकारवाहीमा भएको कमकमजोरीलाई लिएर आत्मालोचना गर्नु भएको जानकारी दिनुभयो ।

वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पनि पार्टी सञ्चालनमा भएको कमीकमजोरीको आत्मालोचना गर्दै यस्लाई सुधार गरेर अगाडि बढने निर्णय भएको बताउनुभयो ।

बैठकमा पार्टी एकताको रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको कामकारवाहीलाई लिएर असन्तुष्टि बढेपछि स्थायी कमिटी बैठक बोलाउनु पर्ने दबाब पार्टी भित्र निरन्तर बढेको थियो ।

LIVE TV