२० बैशाख २०७७, शनिबार
  • तारा आचार्य,

विराटनगर, २० वैशाख । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा संक्रमितको उपचारमा संलग्न चिकित्सक टोलीसहित २८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोशी अस्पतालले जनाएको छ ।

कोशी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. संगीगा मिश्राले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी लगायत पूरै टिमको स्वाव परीक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भएको छ ।

उहाँले कोभिड १९उपचार केन्द्रमा तालिका बनाएर उपचारमा संलग्न भएका सवैको स्वाव परीक्षण गरिने जानकारी दिनु भयो ।

मेसु डा।मिश्राले कोरोना संक्रमितको उपचारमा खटिने सवैलाई सुरक्षीत महसुस होस भन्ने र परिवारमा संक्रमितको त्रास नहोस भन्ने उद्येश्यले उपचारमा संलग्न सवैको स्वाव परीक्षण गरिएको बताउनु भयो ।

उहाँले सो अस्पतामा डीउटीमा खटिने सवैलाई विराटनगरका विभिन्न होटलहरुमा व्यवस्था गरेर क्वारेन्टाइनमा वस्ने व्यवस्था मिलाइएको र एक हप्ताको डीउटी पछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले एक हप्ता डीउटी र १४ दिन क्वारेन्टाइनमा बसेपछि पीसीआर परीक्षण पछि पुनः डीउटीमा आउन सकिने वताउनु भयो । उहाँले उपचार गराइ रहेका ३१ जना संक्रमितको अवस्था सामान्य रहेको जानकारी दिनु भएको छ ।

मेसु डा।मिश्राले ३१ जना मध्ये ३ जनामा मद्युमेह र एकजनामा उच्च रक्तचाप भएका छन् तर पनि उनीहरुमा कुनै किसिमको लक्षण वा समस्या केही नदेखिएको जानकारी दिनुभयो ।

LIVE TV