२० बैशाख २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, २० वैशाख । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले निजी अस्पतालहरुलाई पनि पीसीआर परीक्षणका लागि सहजता हुने गरी व्यवस्था गर्न नेपाल सरकारसंग माग गरेका छन् ।

कोरोना संक्रमितहरुलाई निजी अस्पतालले उपचार नगरेको भन्ने समाचार आइरहेको बेला सो शाखाले शनिबार प्रेश विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको सहजताको माग गरेका हन् ।

विज्ञप्तीमा विश्व स्वास्थ्य संगठनद्वारा जारी गरिएको प्रोटोकलमा उल्लेख भए अनुसार धेरै संक्रमित भेटिएका संक्रमणको जोखिम युक्त क्षेत्रबाट आएका विरामीहरुलाई उपचार गर्नु पूर्व विरामीको पीसीआर टेष्ट गरिनुपर्छ भन्ने उल्लेख भए अनुसार विरामी रेफर गरिएको जानकारी दिइएको छ ।

निजी अस्पतालमा पीसीआर टेष्ट हुने हो भने जुन सुकै क्षेत्रबाट आएको विरामी भए पनि उपचार गरिने नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाका अध्यक्ष फरर्वाड सिलवालले जानकारी दिनुभयो । उहाँले सेवा नभएको अस्पतालले विरामी रेफर गरेको भन्दै यसलाई अन्यथा लिन नहुने बताउनु भएको छ ।

शाखाले अहिले संक्रमित क्षेत्रबाट आएका विरामीहरुलाई उपचार गर्नु अघि पीसीआर परीक्षण गर्नुपर्ने भएको र निजी अस्पतालमा पीसीआर परीक्षण उपलब्ध नभएको उल्लेख गर्दै प्रदेश न १ को हकमा पीसीआर परीक्षणको व्यवस्था कोशी अस्पताल र वीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मात्र रहेकोले धेरै संख्यामा संक्रमित भेटिएका क्षेत्रका विरामीलाई यी दुई स्वास्थय केन्द्रमा रेफर गर्नु पर्ने बाध्यता भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV