२० बैशाख २०७७, शनिबार

काठमाडौं, २० बैशाख । निकै चासोका साथ हेरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ ।

अपरान्ह चार बजे बोलाइएको बैठक ढिलो गरी साँझ ६ बजे सुरु भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सीट व्यवस्थापन परिवर्तन गरी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एउटै लहरमा राखिएको छ ।

बैठक अघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा पुगेर भेटनु भएको थियो ।

शीतल निवास जानु अघि नेता बामदेव गौतमसंग भेट गर्नु भएका ओलीले फर्केर आएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसंग छलफल गर्नु भएको थियो ।

जारी बैठकमा पार्टी भित्र उत्पन्न पछिल्लो गतिरोध र विवाद लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV