२० बैशाख २०७७, शनिबार
  • घनश्याम मिश्र,

जनकपुर, २० बैशाख । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ मुजेलियामा वडाध्यक्ष पुण्यप्रताप यादवले राहत वितरणमा विभेद गरेको भन्दै शनिवार स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्ष विरुद्ध चर्को नाराबाजी गरेका छन् ।

ठूलो संख्यामा पुगेका १४ वडाका बासिन्दाहरु वडा कार्यालय घेराऊ गरेको खवर पुग्नासाथ जिल्ला प्रहरी कार्यालयको टोलीसंगै शसस्त्र प्रहरी समेत पुगेर वडाध्यक्ष यादवलाई सुरक्षा दिएका छन ।

राहत वित्तरणमा बड़ाध्यक्ष यादवले विपन्न र गरीवलाई छोडेको आरोप लगाउदै स्थानीयले विरोध गरेका हुन् ।

वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गर्नुभएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले भन्नुभयो, ’नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्न यो षडयन्त्र गरेका हुन् ।’

यता नगरको बिभिन्न बड़ाहरुमा आरोप प्रत्यारोपबीच कतै शान्तिपूर्वक त कतै विवादबीच राहत वितरण भइरहेको छ । जनकपुरधाम उप महानगर पालिका भित्र २५ वडाहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV