२० बैशाख २०७७, शनिबार
  • विवेक राई,

भोजपुर, २० वैशाख । भोजपुरको पश्चिमी टेम्के मैयुम गाउपालिका-६ कोटमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । आज विहान ९ बजेदेखि शुरु भएको आहाले सामुदायिक वनमा लागेको भीषण डढेलो नियन्त्रणमा आएको हो ।

File Picture

सदरमुकामस्थित फस्ट राइफल गणका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उक्त डढेलो दिउसो २ः३० बजे नियन्त्रणमा आएको हो ।

डढेलोबाट करिब ९ हेक्टर क्षेत्रफलमा रहेको जंगल नष्ट भएको वडाध्यक्ष सूर्य नेपालले बताए ।

डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीहरु समयमै पुगेकाले थप मानवीय क्षति नभएको वडाध्ययक्ष नेपालले जनाए । डढेलो कसरी सुरु भयो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV