२० बैशाख २०७७, शनिबार
  • दानबहादुर बुढा

मुगु, २० बैशाख । नेपाल पत्रकार महासंघ मुगु शाखाका नि. वर्तमान अध्यक्ष तथा नागरिक दैनिक मुगुका जिल्ला सम्वाददाता सुमन बहादुर मल्ल लामो समयदेखि बिरामी छन् । हाल कर्णाली स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्ने क्रममा आर्थिक अभावका कारण छटपटाइरहेको अवस्थामा उनको जीवन बचाउनका लागी प्रत्रकार महाँसंघ शाखा मुगुले आर्थिक सहयोगको अपिल गरेको छ ।

मानसिक रुपमा मल्ललाई समस्या आएपछि केही दिनअघिबाट शिक्षण प्रतिष्ठानमा भर्ना गरिएको छ । २ दशक पहिलादेखि सञ्चार क्षेत्रमा काम गर्दै आएका मल्लले समाचारकै मध्यमबाट जीवन निर्वाह गरी भष्टाचार न्यूनीकरणका साथै सुत्केरी, अपांग, फरक क्षमता भएका, विपन्नको पक्षमा आवाज उठाउँदै आएका थिए ।

महाँसंघ मुगु शाखाले मल्ललाई केही आर्थिक सहयोग गरेको छ । साथै उनको जीवन बचाउनका लागि अन्य मनकारी मानवहरुसमक्ष सहयोगको अपिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV