२० बैशाख २०७७, शनिबार

काठमाडाैँ, २० वैशाख । गत माघ ३ गते कास्कीकाे अन्नपूर्ण गाँउपालिका वडा नं.११ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका सबैकाे शव भेटिएकाे छ ।

साे पहिराेमा परेका ३ जना नेपाली गाईड तथा ४ जना कोरियन पर्यटकहरुमध्ये २ जना नेपाली गाईड र ३ जना कोरियन पर्यटकहरुको शव यसअघि नै फेला परिसकेको थियाे । बाँकी रहेका १/१ जना नेपाली र कोरियन नागरिकको शव शुक्रबार भेटिएकाे हाे ।

नेपाली सेनाकाे पश्चिम पृतना हे.क्वा.को समन्वयमा श्री विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले हिजाे फेला पारी ती शव आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईपुर्‍याएको हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV