१९ बैशाख २०७७, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर, १९ बैशाख । कोरोना पोजिटिभ बिरामी ल्याउँदा कोरिया मैत्री नगरपालिका अस्पताल थिमिका डाक्टर, नर्सहरु आँतिएका छन् ।

मध्यपुर थिमीको कोरिया मैत्री नगरपालिका अस्पतालमा आज कोरोनाका पोजिटिभ देखिएका विरामीको उपचार गर्न नाटकीय परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा अस्पतालको कुनै पनि डाक्टर, नर्स र कर्मचारीलाई जानकारी नदिई नगर प्रमुख र नेपाल रेडक्रस सोसाईटी भक्तपुरको पहलमा यस्तो नाटकीय अभ्यास भएको हो ।

कोरोना पोजिटिभ भएका विरामी अस्पतालमा आए कसरी उपचार गर्ने भन्ने विषयमा तयारी रहेका अस्पतालका डाक्टर, नर्स लगायत कर्मचारीहरुको तयारी कस्तो छ भने नाटकीय परीक्षण गरेको हो ।

८ वटा एम्वुलेन्समा विभिन्न स्थानवाट फरक प्रकृतिका विरामीहरु एकै पटक अस्पताल पुगेपछि अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले विरामीको अवस्था हेरेर ईमर्जेन्सी वार्ड, क्वारनटाइन वार्ड, आसोलेसन वार्ड सम्म पुर्याएका थिए ।

जसमा ८ जना कोरोना पोजिटीभ भएका विरामी, दुर्घट्नामा हात भाँचिएका लगायत ११ जना कोरोनाका शंकास्पद विरामीहरु अस्पतालमा पुगेका थिए ।

अस्पतालमा कार्यरत चिकित्सक तथा कर्माचारीहरुले गर्दै आएको तयारी कस्तो छ भने हेर्नको लागि कसैलाई थाहा नदिई पत्रकारहरुको सहभागितामा यस्तो नाटकीय परीक्षण गरेको अस्पतालका अध्यक्ष एंव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

विरामी बोकेका एम्वुलेन्स अस्पताल पुगेपछि कर्माचारी तथा चिकित्सक केहि आतिएका र आइसोलेसन वार्डमा पुर्याउनुपर्ने विरामी समेत ईमर्जेन्सी वार्डमा पुर्याएकाले केहि पक्षहरु सुधार गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

कोरोना जोखिम न्यूनीकरण तथा कोरोनाका विरामीको उपचारको लागि मध्यपुर थिमी नगरपालिकाले अस्पताको लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना अस्पतालको रुपमा सञ्चालन गर्न ६ वडा भन्टिलेटर सहितको १६ वेडको आइसोलेसन वार्ड र कोरोनाको पीसीआर परीक्षण ल्याव समेत तयारी अवस्थामा राखेको छ ।

अस्पतालमा २ सय ७६ जना चिकित्सक तथा कर्मचारी तयारी अस्वस्थामा राखिएको छ । उक्त परीक्षणमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सदस्यहरुले बिरामीको भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV