१९ बैशाख २०७७, शुक्रबार
  • सुशील ढुङ्गाना

कैलाली, १९ बैशाख । विगत अठार वर्षदेखि क्यानडामा रहेर ट्रक चालकको काम गर्दै आएका एक गैरआवाशीय नेपाली नागरिकले न्यूज २४ सुदूरपश्चिम व्युरोसंगको समन्वयमा सुदूरपश्चिममा रहेर विभिन्न टेलिभिजनमा काम गरिरहेका पत्रकारहरुलाई पीपीई (पर्सनल प्रोटेक्टीभ ईक्युपमेन्ट) सहयोग गरेका छन् ।

नेपालको दाङ जिल्लामा पुख्र्यौली घर भएका क्यानेडियन नागरिक नरबहादुर टण्डनले सुदूरपश्चिममा रहेका टेलिभिजन पत्रकारहरुलाई ५० सेट पीपीई उपलब्ध गराएका हुन् । सुदूरपश्चिम प्रदेशमा रहेर जोखिमपूर्ण क्षेत्रमा विना स्वास्थ्य सामग्री टेलिभिजन पत्रकारहरुले काम गर्नु परेको थाहापाए पछि आफुले टेलिभिजन पत्रकारहरुको लागि ५० सेट पीपीइ सहयोग गरेको टण्डनले बताउनुभयो ।

न्यूज २४ का सुदूरपश्चिम प्रदेश ब्युरो कार्यालयका प्रमुख हिक्मत रावलसंग समन्वय गरेर त्यस क्षेत्रका पत्रकारहरुको लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको टण्डनको भनाइ छ । टन्डनले सुदूरपश्चिम क्षेत्रमा कार्यरत टेलिभिजन पत्रकारको लागि पीपीई गाउन १ थान, केएन ९५ माक्स १ हेडक्याप १ थान र पञ्जा १ जोडा रहेको एक सेट पीपीइ न्यूज २४ को सुदूरपश्चिम ब्युरो कार्यालय मार्फत उपलब्ध गराउनु भएको हो ।

उक्त सामग्री आज (शुक्रबार) धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर वड, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र न्यूज २४ का सुदूरपश्चिम प्रदेशका ब्युरो प्रमुख हिक्मत रावलले संयुक्त रुपमा धनगढीमा रहेका पत्रकारहरुलाई वितरण गर्नु भएको थियो । बाँकी अन्य जिल्लामा कार्यरत पत्रकारहरुलाई भोलि वितरण गरिने न्यूज २४ का सुदूरपश्चिम प्रदेशका ब्युरो प्रमुख हिक्मत रावलले बताउनुभयो ।

गैरआवाशीय नेपाली नागरिक टण्डन विगत १८ वर्षदेखि क्यानडामा ट्रक चालकको काम गर्दै आउनु भएको छ । समय समयमा समस्यामा परेका नेपाली नागरिकहरुलाई सहयोग गर्दै आउनु भएका टण्डन नेपाल सरकारको तर्फबा क्यानडाका लागि पूर्व पर्यटन दूत समेत रहिसक्नु भएको छ ।

टण्डनले गतबर्ष हावाहुरी पीडितलाई सहयोग गर्नु भएको थियो भने केही समय पहिलो पर्यटन वर्ष २०२० लाई सहयोग पु¥याउन भन्दै क्यानडामा रहेको सार्वजनक सवारी साधनहरुमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको फोटोहरु टाँसेर प्रचार प्रसार समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV