१९ बैशाख २०७७, शुक्रबार

काठमाडौं, १९ बैशाख । ‘रंग टाइम’ वेब सिरिजबाट चर्चामा आएकी आश्मा गिरीले ‘ड्रिम गर्ल’ फिल्मबाट नेपाली फिल्म उद्योगमा करियर सुरु गरेकी हुन् ।

अभिनेत्री आश्माले दर्जनौं म्युजिक भिडियो र वेब सिरिजहरुमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय आफ्नै प्रोडक्शनमा वेब सिरिज निर्माणमा व्यस्त रहेकी आश्मा लकडाउनका कारण घरभित्रै सीमित हुनु परेको छ ।

व्यस्तताका कारण घर परिवारसँग समय बिताउन नपाउने आश्माले लकडाउनको समय आफ्नो परिवारसँग बिताइरहेकी छन् ।

उनले भनिन्, “यो समय मैले आफ्नो परिवार र आफ्नो सुगासँग खेलेर बिताइरहेकी छु ।”

लकडाउनको समयमा उनले कसरत गर्ने, फिल्म हेर्ने, गाना सुन्ने र आफ्नो वेब सिरिजका लागि स्कृप्ट पनि लेख्ने काम गरिरहेकी जानकारी दिएकी छन् ।

उनले भनिन्, “यो लकडाउने आफूले आफैलाई समय दिन सिकाएको छ । यो परिस्थितिमा सबै एक जुट भएर यसको सामना गरेर सकारात्मक सोच राख्नुपर्छ । हिम्मत हार्नुहुन्न ।”

लकडाउनको पूर्ण रुपमा पालना गरेर सबैले आफ्नो ठाउँबाट आफूले सक्ने सहयोग सरकारलाई गर्न पनि उनले आग्रह गरेकी छन् । आफ्नो स्वास्थ्यस्थितिको उच्च ख्याल गर्न र सकेसम्म पोषणयुक्त खाना खान पनि उनले आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV