१९ बैशाख २०७७, शुक्रबार

काठमाडौं, १९ बैशाख । सरकारको पछिल्लो गतिविधिहरुको चर्को आलोचना भइरहेको छ । यसैबीच साझा पार्टीका संयोजक रबीन्द्र मिश्रले ‘रिठ्ठाको बोट रोपेर कागती नफल्ने’ भन्दै सरकारले कडा आलोचना गर्नुभएको छ ।

संयोजक मिश्रले आफ्नो फेसबुक पेजमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग गर्दै रिठ्ठाको बोट रोपेर कागती नफल्ने बताउनुभएको हो ।

केही दिन अगाडि सरकारले विवादास्पद दुई अध्यादेश जारी गरी खारेज गरेको विषयलाई उल्लेख गर्दै संयोजक मिश्रले लेख्नुभएको छ, “कहिले अरूको पार्टी फुटाउन र आफू निरंकूश बन्न अध्यादेश, कहिले संविधानमै व्यवस्था नभएको व्यक्तिलाई प्रम बनाउन संविधान संशोधनको योजना । लकडाउन खुकुलिने वित्तिकै कोरोनाले अझै गर्न सक्ने खतरनाक आक्रमणको विषय त कहाँ हो कहाँ, धन्न मेरो देश ! रिठ्ठाको बोट रोपेर कहाँ फल्छर कागती ?”

कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले लकडाउन बैशाख २५ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।

यसैबीच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना नबनाई आफ्नो आन्तरिक गतिविधिमा व्यस्त हुनथालेपछि सरकारविरुद्ध चर्को आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV