१९ बैशाख २०७७, शुक्रबार
  • माधब गैह्रै

स्याङजा, १९ बैशाख । जन्मकैद सजाय तोकिएका फरार प्रतिवादीलाई ४१ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नं ८ बस्ने डिल्ली बहादुर घर्ती रहेका छन् ।

२०३३ साल बैसाख २ गते चैते दशैंको पूर्णिमा मेला चलिरहेको बेला निज घर्तीले भारतीय सेनामा कार्यरत २४ बर्षीय जीतबहादुर रानालाइ निर्घात रुपमा कुटपीट गरी मृत्यु भएपछि कालिगण्डकीमा फालेका थिए ।

रानाको शव २ दिन पछि भेएिपछि रानाकोे जेठा दाजु दलबहादुर रानाले जिल्ला प्रहरी कार्यालय स्याङजामा जाहेरी दिएका थिए । घटना संलग्न केही तत्काल पक्राउ परि बिभिन्न कारागरमा जेल सजाय भोगिरहेका छन् घर्तीलाई भने ४१ बर्ष पछि पक्राउ गरी अनुसन्धान कार्य अघि बढाइएको छ ।

घटनामा अन्य कोको संलग्न थिए भन्ने बारे अझै पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङजाको प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डरीले जानकारी दिनुभयो ।

फरार रहेका घर्तीलाइ घरमा आएको गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङजाले पक्राउ गरेको पनि प्रहरी नायब उपरीक्षक भण्डरीले बताउनुभयो ।

LIVE TV