१९ बैशाख २०७७, शुक्रबार

काठमाडौं, १९ बैशाख । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग शुक्रबार भेट गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नु भएका राजदूत यान्छीले आज अर्का अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेट गर्नुभएको हो ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

प्रचण्डपछि राजदूत यान्छी नेपाल कम्युनिष्ट पार्टी नेकपाका विदेश मामिला विभाग प्रमुख रहेका नेता तथा बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न काेटेश्रवर पुग्नुभएकाे छ ।

नेकपा भित्र चुलिदो विवादबीच नेपालका लागि चिनियाँ राजदूत यान्छीको यो भेटलाई नेपालको राजनीतिवृतमा निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV