१९ बैशाख २०७७, शुक्रबार

काठमाडौं, १९ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ ।

मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ । सैद्धान्तिक सहमतिका लागि दुई दिनअघि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले पेट्रोलियम ऐन पुरानो भएकाले छुट्टै पेट्रोलियम पदार्थको कारोबार ऐन ल्याउने पहल गरिएको हो । पेट्रोलियम पदार्थको कारोबारलाई नयाँ ढङ्गले समय सान्दर्भिक बनाएर सहजता कायम गर्न कारोबार ऐन ल्याउने तयारी गरिएको केसीको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV