१८ बैशाख २०७७, बिहीबार
  • कृष्ण खनाल,

रोल्पा, १८ बैशाख । रोल्पामा आज साँझ बम विस्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ ।

त्रिबेणी गाउँपालिका ७ नुवागाउँ दुम्ला खोला आसपासमा बिहीवार बेलुका ६ बजे तिर बम बिस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीका अनुसार बाख्रा गोठालो गएका उनीहरुको बम पड्किएर मृत्यु भएको हो । उनले भने ‘एउटा बम पड्कियो अर्को बच्चाको शवसंगै छेउमा छ ।’

मृत्यु हुनेमा त्रिबेणी ७ का १४ बर्षीय लोकिराम डाँगी, ११ बर्षीया बिमला खत्री, ५ बर्षीय बिजय खत्री र त्रिबेणी ४ का १३ बर्षीय गौरब नेपाली रहेको प्रहरीले जनाएको छ ।

रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले उक्त बम तत्कालीन सशस्त्र युद्धताकाको हुन सक्ने बताउनुभयो । उहाँका अनुसार ‘प्रहरी घटना स्थलमा पुगिसकेको छ । अर्को बम पनि संगै रहेकाले नेपाली सेनाकोे बम डिस्पोजल टोली पुगे पछि थप अनुसन्धान हुने छ ।’

टुइञ्च मोटर जस्तो बम विस्फोट भएको र अर्को बम भने विस्फोट नभएको रोल्पा प्रहरीले जनाएको छ । विस्तृत विवरण पछि सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV