१८ बैशाख २०७७, बिहीबार
  • दानबहादुर बुढा

मुगु , १८ बैशाख । सुत्केरी भएपछि निरन्तर रक्तश्राव भएकी मुगु सोरु गाउँपालिकाकी १८ वर्षीया बैदेबी शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

सोरु गाउँपालिका वडा नं ६ का गंगाराज मल्लकी श्रीमती शाहीलाई बैशाख १२ गते स्वास्थ्य चौकी नाथर्पुमा सामान्य सुत्केरी गराई जन्मिएको नवजात शिशुको अबस्था पनि सामान्य रहेका थियो । तर सुत्केरी भए पश्चात एक्कासि निरन्तर उच्च रक्तश्राव भएपछि प्रदेश सरकारको सहयोगमा हेलिकप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यस्थापक डा। निर्मल नगरकोटीले जानकारी दिनुभयो ।

रक्तश्राव रोक्नका लागि नाथर्पु स्वास्थ्य चौकीमा पनि मेसिन औजारहरु नभएको र २ दिन हिडेर जानु पर्ने स्वास्थ्य सेवा कार्यालय मुगुमा पनि आईसीयूको ब्यबस्था नभएकोले हेलिकप्टर मार्फते सुर्खेत लगिएको सोरु गाउँपालिकाका वडा नम्बर २ का वडा सदस्य कर्णजङ्ग शाहीले जानकारी दिनुभयो । अहिले उनको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV