१८ बैशाख २०७७, बिहीबार
  • अभिमन्यु लामिछाने

भुल्के, उदयपुर , १८ बैशाख । एकै समुदायका २८ जनामा कोरोना पुष्टि हुँदा समेत प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने सासंद एक पटक पनि नआएको भन्दै भुल्केका स्थानीयवासीले आक्रोश ब्यक्त गरेका छन ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रका स्थानीयहरुले आफुहरुले मतदान गरी जिताएका प्रदेश सभा सदस्य हिमाल कार्की र प्रतिनिधि सभा सदस्य डाक्टर नारायण खड्का एक पटक पनि आफुहरुको समस्या बुझन नआएको भन्दै स्थानीय आक्रोशित भएका हुन ।

सारो गारो र अप्ठेरोको समयमा जनप्रतिनिधिहरुले आफ्नो जनताको समस्या सुन्नु पर्ने अवस्थामा कोही नआएको भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन् । आफुहरुले जिताएका जनप्रतिनिधिहरुले विपद्का समयमा सहयोग गर्ने र विकास निर्माणले समेत गति लिने आशामा बसेका भुल्केका स्थानीयहरु माहामारीको रुपमा रहेको कोरोना भाइरसबाट आफ्ना जनताहरु संक्रमित हुदाँ समेत निर्वाचित क्षेत्रमा हालसम्म जनप्रतिनिधिहरु नआएपछि यति बेला निरास बनेका हुन ।

निर्वाचनका समयमा घर घर आई आफुसंग भोट मागी गुनासो र समस्याहरु तुरुन्त हल गर्ने प्रतिवद्धता ब्यक्त गरेका उदयपुर क्षेत्र १ का प्रतिनिधि सभा सदस्य डाक्टर नारायण खड्का र निर्वाचन क्षेत्र १ (ख) का प्रदेश सभा सदस्य हिमाल कार्की दुवैले मतदातको अपमान गरेको भन्दै गाउँलेहरु आक्रोशित भएका छन । यता निर्वाचित प्रतिनिधि सभा सदस्य खड्का र कार्कीले भने आफुहरुले जनताका समस्याहरु समाधान गर्नका लागि पहल गरिरहेको बताउनु भएको छ ।

विपदका समयमा जनताका पीर मार्काहरु समाधान गरी जनतालाई राहातको व्यवस्थापन गर्न लागिपरिरहेको हुदाँ भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै तिनै तहका सरकारलाई समस्या हल गर्न आग्रह गरिरहेको उहाँहरुको भनाइ छ ।

कोरोना भाइरस कोभिड १९ का कारण भुल्के क्षेत्रमा एकै समुदायका २८ जनामा कोरोना पुष्टि हुदाँ समेत उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ख का निर्वाचित जनप्रतिनिधि आफना मतदाताको समस्या बुझ्न नआएको भन्दै,स्थानीय बासिन्दा तथा राजानीतिक दलहरुको चर्को विरोध जनाउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV