१८ बैशाख २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, १८ बैशाख । नेपाली काँग्रेसका कार्यकताले पचालझरना गाउँपालिका १ का वडाध्यक्ष रत्नलाल न्यौपानेलाई कुटपीट गरेका छन् । काँग्रेस कार्यकर्ताको कुटाइबाट गम्भीर घाइते भएका वडाध्यक्षलाइ उपचारका लागि काठमाडौं लगिएको छ ।

न्यौपानेको टाउको र छातीमा गम्भीर चोट लागेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो । एक महिना अघि वडामा उपभोक्ता समिति निर्माण गर्दा एकलौटी गरेको आरोपमा स्थानीय कार्यकर्ताले कुटपीट गरेको शिक्षक शंकर न्यौपानले जानकारी दिनुभयो ।

वडाध्यक्ष माथिको आक्रमण सिंगो गाउँपालिका माथिको आक्रमण भएको भन्दै गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो ।

यसअघि काँग्रेसका कार्यकर्ताले नेकपाका नेता ललिजन शाही र पचालझरनाका पार्टी सचिव मर्मजन बमलाइ समेत कुटपीट गरेको नेकपाका पचालझरना गाउँपालिका अध्यक्ष पौरख बिश्वकर्माले बताउनु भयो ।

घटनामा संलग्न ५ जनालाइ पक्राउ गरिएको र आवश्यक अनुसन्धान गरी कानूनी कारवाही गरिने डीएसपी स्यामबाबु ओलियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV