१८ बैशाख २०७७, बिहीबार
  • घनश्याम मिश्र

धनुषा, १८ बैशाख । मिथिला बमकाण्डमा मारिएका शहीदको स्मरणमा यस पटक लक डाउनले गर्दा आधिकारिक रुपमा भेला भएर श्रद्धाञ्जली सभाको आयोजन गरिएन ।

देश विदेश सबैतिर कोरोना कहर भएकोले गर्दा यस वर्ष आफूहरुले बाहिर सभा सम्मेलन वा श्रद्धाञ्जली कार्यक्रमको आयोजन न गरेको मैथिली बिकाष कोषका अध्यक्ष मैथिली अभियानी जीवनाथ चौधरीले न्यूज २४ लाई जानकारी दिएका छन् ।

चौधरीले भने, यतिबेला लक डाउनमा बश्न सरकारले गरेको आह्वान र समयको माग पनि भएकोले गर्दा मिथिला राज्यको लागि सहादत दिएका शहीदलाई हामी घर बाट नै श्रद्धासुमन अर्पण गरेको छ ।

प्रत्येक वर्ष जस्तो यस वर्ष जनकपुरधाम स्थित रामानन्द चौकमा श्रद्धाञ्जली सभाको आयोजन न गरिएको मिथिला राज्य संघर्ष समितिका सयोजक परमेस्वर कपाडिको तर्क छ ।

कापड़ी भन्छन, – ‘हामी मिथिला आन्दोलनका पक्षधरहरुको हृदयको स्पंदनमा पांच सहीदहरु बास गरेको छ। जबसम्म मिथिला राज्य स्थापना हुँदैन हामी चुप लागेर न बस्ने कापड़ीले भने, – ‘यो समय घरमा बसेर कोरोनाको चेनलाई तोड्ने बेला भएकोले यस वर्ष बाहिर होइन हामी घर बाट नै मिथिलाको लागि प्राणको आहुति दिएकाहरुलाई स्मरण गर्दैछु ।’

मिथिला राज्यको माग गर्दै १८ वैशाख २०६५ मा जनकपुरधामको रामानन्द चोकमा भइरहेको शान्तिपूर्ण धर्ना कार्यक्रममा बम विस्फोट हुँदा ५ जना शहीद भएका थिए भने २ दर्जनभन्दा बढी घाइते भएका थिए ।

शहीद हुनेहरुमा मिथिला नाट्य कला परिषद्का वरिष्ठ कलाकार (अभिनेत्री) रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरण थिए ।

बम विस्फोटको बेला धर्ना कार्यक्रममा सहभागी रहेका मिथिला राज्य संघर्ष समितिका सदस्य जीवनाथ चौधरीले यस्तो विस्फोट हुने भनेर त्यो बेला आफूहरुले कल्पनासमेत नगरेको स्मरण गरे ।

‘हामीबसी रहेकै बेला जोडले आवाज आएको थियो’ उनले स्मरण गरे, ‘सोच्नसम्म नसकिने त्यो विस्फोटमा मेरै अगाडि धेरै जना लडेका थिए ।’

हालै सो बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह टक्लासहित ७ लाई जन्मकैद र १ जनालाई ५ वर्षको जेल सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाले टक्लासहित ७ जनालाई जन्मकैदको फैसला गरेको हो भने बमकाण्ड घटनाका १ जनालाई ५ वर्ष गर्दा अर्का १ व्यक्तिलाई भने सफाइ दिइएको छ ।

जन्मकैदसहित १२ वर्ष सजाय पाउनेमा भूमिगत संगठनका मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झा छन् । घटनामा संग्लन ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV