१८ बैशाख २०७७, बिहीबार
  • दीपक गाैतम

टाेकियाे, १८ वैशाख । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जापान सरकारले प्रदान गर्ने उत्कृष्ट विभूषण ‘ग्राण्ड कर्डन अफ द राइजिङ सन’ (Grand Cordon of the Rising Sun) प्राप्त गर्न सफल हुनुभएकाे छ ।

नेपालमा शान्ति स्थापना तथा कूटनीतिक सम्बन्ध विस्तारमा गरेकाे याेगदानबापत नेता पौडेललाई यो विभूषण प्रदान गरिएको नेपालस्थित जापानी राजदूतावासले जनाएकाे छ । यो विभूषण प्राप्त गर्ने अर्का विदेशी बिल गेट्स पनि हुन् ।

पौडेललाई नेपाल-जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, प्रतिनिधिसभाको सभामुख भएका बेला जापान-नेपाल फ्रन्डशिप पार्लियामेन्टेरियन कमिटि गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाेले सम्मानस्वरूप जापान सरकारले सो अवार्ड प्रदान गरेको दुतावासले जनाएको छ ।

यस वर्ष विभूषणबाट विभूषित हुने २ जना विदेशीमध्ये पूर्व उप-प्रधानमन्त्री रहनुभएका रामचन्द्र पौडेल छनाैट हुनुभएकाे छ । तत्कालीन काङ्ग्रेस सभापति गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । उक्त सरकारमा पौडेल उप-प्रधानमन्त्री रहनुभएकाे थियाे । पाैडेल नेपाली कांग्रेसका पूर्व उप-सभापति समेत हुनुहुन्छ ।

हेर्नुहाेस् –

प्रतिक्रिया दिनुहोस्
LIVE TV