
- दान बहादुर बुढा
मुगु, १८ बैशाख । लकडाउनको कारण अलपत्र परेका हुम्लाबासीहरुलाई मुगु उद्योग बाणिज्य संघले उद्धार गरेको छ ।
पछिल्लो समयमा जिल्लाबाहिर रहेका अलपत्र नागरिकहरुलाई स्थानीय सरकारहरुले आफ्ना नागरिहरुलाई घर फर्काउने अभियान अनुसार काठमाडौँ, नेपालगन्ज, सुर्खेत लगायत अन्य जिल्लाबाट स्थानीय निकायसम्म पुर्याइएाकाे छ ।

हुम्लाका श्रीनगर, सर्केघड, दार्म, देउदी लगाएत दर्जनै बस्तीका एक सय नै जना भोक भोकै अल्पत्र परेका जागरिकहरुलाई मुगु उद्योग बाणिज्य संघले प्रत्येक व्यक्तिलाई चाउचाउ, बिस्कुट, फ्रुटी लगायतका सामान लिएर उद्धार गरेको हाे ।

काठमाडौँबाट सुर्खेत हुँदै गढीमा आएर २,३ दिन भोकै रहेको गुनासो सुन्दा मानवीय भावनाले मुगु उद्योग बाणिज्य संघले सहयाेग गरेकाे संघका अध्क्षय कमल बहादुर बुढाले जानकारी दिए ।