१८ बैशाख २०७७, बिहीबार

काठमाडौं, १८ वैशाख । यूरोपेली देश बेलायतमा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेकेा छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म बेलायातमा कोरोनाका कारण मर्नेको संख्या २६ हजार ९७ पुगेकाे छ ।

बेलायतमा पछिल्लाे २४ घण्टामा मात्रै ७९५ जनाकाे मृत्यु भएकाे छ भने ४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । बेलायमा अहिलेसम्म संक्रमितकाे संख्या भने एक लाख ४८ हजार ३७७ पुगेकाे छ ।

अरू देशको तुलनामा बेलायतकाे निको हुनेको संख्या भने एकदमै न्युन रहेको छ । अहिले बेलायतमा एक लाख ३८ हजार ७८० मा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ५५९ जनाको अवस्था भने गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV