१७ बैशाख २०७७, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर, १७ बैशाख । विश्वका मानिसहरुलाई कोरोना भाइरस कोभिड १९ को जोखिमले त्रसित छ । त्यस पनि बिशेष गरि फरक क्षमता ९अपांगता० भएका व्यक्तिहरुलाई कोभिड १९ कोरोना भाइरसको जोखिम धेरै हुन्छ ।

बिशेष गरी फरक क्षमता भएकाहरु गरीव र कम आयश्रोत भएका परिवारहरु बढी भएकाले उनीहरुलाई सरकार वा स्थानीय सरकारले राहतको पहिलो प्राथमिकतामा राख्नु पर्ने पनि देखिएको छ ।

फरक क्षमता ९अपांगता० भएका व्यक्तिहरु जो आफ्नो लागि आफैले केही गर्न नसकिने भएकाले कोभिड १९ को जोखिम धेरै भएको भक्तपुर नेत्रहीन संघका अध्यक्ष सुरेश राजभण्डारीले बताउनु भयो । उहाँका अनुसार अपांगता भएको व्यक्तिहरु जोे पूर्ण अशक्त अपांगता, अति अशक्त अपांगता भएका व्यक्तिहरु उच्च जोखिममा पर्छन ।

उनीहरुलाई खाने लगाउने देखि सवै दैनिक क्रियाकलापहरु गर्न सहयोगीको आवश्यकता पर्छ र सहयोगीले सरसफाइमा ध्यान नदिने हो भने उनीहरुलाई कोभिड १९ कोरोना भाईरसको जोखिम उच्च हुने गरेको उहाँको भनाइ छ ।

आफैले केही गर्न नसक्ने फरक क्षमता भएकाहरु मध्ये पनि अति अशक्त अपांगता, पूर्ण असक्त अपांगता जो २४ घण्टा ह्वीलचेयरमा बस्नु पर्ने हुन्छ उनीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम बढी हुन्छ। उनीहरुमा आफै सरसफाई गर्न नसक्ने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा कमी हुने हुँदा उच्च सतर्कता अपनाउनु पर्ने भक्तपुर नेत्रहीन संघको अध्यक्ष सुरेश राजभण्डारीले बताउनु हुन्छ ।

नेत्रहीनहरु प्राय अरुको सहयोगमा हिडडुल गर्नुपर्ने हुन्छ । हातले छोएर क्रियाकलाप गर्नु पर्ने, सहयोगी कस्तो हुन्छ थाहा नहुने हँुदा कोरोनाको जोखिम बढ्ने अध्यक्ष राजभण्डारीले बताउनु भयो ।

नेपालमा अहिले कुल जनसंख्याको १ दशमलभ ९४ प्रतिशत फरक क्षमता भएका व्यक्तिहरु छन्। उनीहरुलाई पनि उनीहरुको बुझने भाषाको प्रयोग गरेर जनचेतामुलक सन्देश दिनु पर्छ र कोरोनाको जोखिम कम गर्न विषेशत नियमित हात धुने ,सरसफाईमा नै ध्यान दिनुपर्ने , संक्रमित व्यक्तिको सम्र्पकवाट टाढा रहुनु नै हो । उनीहरुको सहयोगीहरुलाई बिशेष तालिम र सामानको आवश्यकता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV