१६ बैशाख २०७७, मंगलवार

काठमाडौं, १६ वैशाख । कोभिड-१९ महामारीको फैलावट र प्रभावविरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालीन कामदार र अनिश्चित समयमा धेरै प्रभावित भएका सहयोगी कामदारहरुलाई सहयोग पु¥याउन ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कोका-कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस कठिन समयमा देशभर १ लाख भन्दा बढी जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ ।

नेपालमा कोका-कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालीन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरी तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको जनाएको छ ।

कोका-कोलाले नेपालमा समुदायहरुलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा कोका-कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भन्नुभएको छ, “ग्लोबल कोभिड-१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतीपूर्ण समय निम्त्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

महामारी मार्ग निर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ ।

नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV