१६ बैशाख २०७७, मंगलवार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु १५ बैशाख । कोरोना भाईरसका कारण एक महिनादेखि लकडाउन जारी रहेका बेला कपिलस्तुमा बलात्कारका घटना बढेका छन । चैत ११ देखि लकडाउन सुरु भए यता कपिलस्तुमा ७ वटा बलात्कारका घटना बाहिर आएका छन ।

करणीको ७ घटना मध्ये ६ वटा नाबालिका रहेको प्रहरीले जनाएको छ । घटनाका पीडित १० नाबालिक र एक महिला रहेका छन । ७ वटै घटना आफन्त छरछिमेकबाट भएका हुन । प्रलोभनमा पारेर तथा ललाई फकाई करणी गरेका पाईएको प्रहरीले जनाएको छ । नाबालिकालाई प्रलोभनमा पार्न र फकाउन सजिलो भएकाले अहिले नाबालिकाहरु नै बलात्कारको शिकार भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

बालिकाहरु आफन्त र चिनजान भएका ब्यक्तिहरुबाटै असुरक्षित भएको पनि मल्लको भनाइ छ । जिल्लाका ५ पालिकामा सात जबरजस्तीका घटना भएका हुन । घटनाका आरोपी ९ जना मध्ये ७ जना पक्राउ परेका छन । बैशाख ११ कपिलवस्तनु नगरपालिका– १ आनन्दबाग स्थित तालेश्व फर्निचर उद्योगका मालिक ६९ बर्र्षीय नन्दकिशोर बढईले २ नाबालिकलाई करणीको प्रयास गरे ।

उनले कपिलवस्तु नगरपालिका वडा नम्बर–१ धोबीटोलमा आफैले सञ्चालन गरेको फर्निचर उद्योगमा सोही स्थानका ९ र १२ बर्षीया दुई बालिकालाई बोलाई करणी प्रयास गरेका थिए । बढईलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । बढईमाथि जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी कपिलवस्तु अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

उता एक साता अघि कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ गजेहडामा ४ नाबालिकालाई दुई जनाले बलात्कार गरे । पीडित बालिका सबै १० बर्ष मुनीका छन । १७ बर्षीय राजेश बढई र ४२ बर्षीय तिलकराम गुप्ताले फरक फरक सयममा ती बालिकालाई करणीको प्रयास गरेको खुल्न आएको छ । पीडित बालिकाहरु १० बर्ष मुनीका छन ।

पीडित बालिकाहरुको परिवार र आफन्तले दोषी उपर कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा घेरउ गर्दै किटानी जाहरी दिए । सोही आधारमा बढई र गुप्तामाथि करणीको मुद्दा दर्ता गरेर अदालतबाट म्याद समेत थपिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले बताउनुभयो ।

गत बैशाख ३ गते शिवराज नगरपालिका वडा नं. ८ विसुनपुरकी १४ बर्षीया बालिकालाई बर्ष २२ को सागिर अलि शेष (पाँचु) भनिने व्यक्तिले बलात्कार गरे । । स्थानीय महिला रेहाना बानु शेखले बालिकालाई ललाई फकाई आफ्नो घरमा लगेर युवकबाट बलात्कार गराएको परिवारले आरोप लगाएको छ ।

युवकले बालिकालाई ३ पटक बलत्कार गरेको खुल्न आएको छ । घटनाको आरोपमा रेहानालाई प्रहरीले पक्राउ गरेको छ भने शेष फरार छन । गत बैशाख १ गते कपिलवस्तु नगरपालिका– ३ औरहियाका ५० बर्षीय रामदवन बेल्दार १७ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे ।

नयाँ बर्षको दिन ललाईफकार्ई दिउँसो बेल्दारले ती नाबालिकालाई करणी गरेका थिए । गत चैत २१ गते साँझ ६ बजेको समयमा शिवराज नगरपालिका– १ का ३६ बर्षीय गणेश क्षेत्रीले २० बर्षीया महिलालाई करणी गरे । ती महिलाको परिवारको उजुरीका आधारमा क्षेत्री पक्राउ परेका थिए ।

यसैगरी चैत १३ गते मायादेबी गाउँपालिका– ४ गौराका २५ बर्षीया एजाज मुसलमानले १३ बर्षीया बालिकालाई बलात्कार गरे । राति १० बजे घर अगाडिको धारामा पानी भर्ने क्रममा उनले नाबालिकालाई बलात्कार गरेका थिए । घटना पछि उनी फरार छन । यस्तै गत चैत १० गते सुद्धोदन गाउँपालिका– ४ का एक १६ बर्षीय नाबालकले १४ बर्षीया नाबालिकालाई बलात्कार गरे ।

जबरर्जस्ती करणीको आरोपमा ती नाबालक प्रहरी हिरासतमा छन । सात वटै जर्बजस्तीकरणीको मुद्दा दर्ता भई अदालतबाट म्याद समेत लिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । चालु आर्थिक बर्षको अहिले सम्म कुल २६ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको पनि मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV