१६ बैशाख २०७७, मंगलवार

चितवन, १६ बैशाख । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको चोरी प्रकरणमा अनुसन्धान गर्न अख्तियारको टोली भरतपुर आइपुगेको छ ।

विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको टोलीले अस्पतालमा छापा मारेको छ।

हेटौंडाबाट आएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

अख्तियारको छापासँगै उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा गठन भएको छानबिन समितिले समेत छानबिन गर्न नसक्ने बताएको छ ।

संघका अध्यक्ष पौडेलले एक बिज्ञप्ती निकालेरै आँफु संयोजक रहेको समितिले छानबिन गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV