१६ बैशाख २०७७, मंगलवार
  • रामगोपाल तमखु

भक्तपुर, १६ बैशाख । लकडाउनको ३६ औं दिन आज भक्तपुर प्रवेश गर्ने नाकाहरुमा कडाइ गरेको छ । कोराना भाइरसको जोखिमलाई मध्यनगर गर्दै सरकारले लकडाउन जारी गर्दै आएको छ ।

महानगरीय प्रहरी बृत्त जगातीका अनुसार आज विहान देखिनै सावरी साधन चेक जाँचमा कडाइ गरेको छ । पास भएकालाई मात्र जिल्ला प्रवेश गर्न दिएको जनाएको छ ।

पास नभएका सवारी साधनलाई भने केही समय नियन्त्रणमा राखेर फर्कएको जगाती प्रहरी बृतका प्रमुख डिएसपी चक्रराज जोशीले बताउनु भयो । त्यसैगरी हिडेर आएकाहरुलाई पनि नाकाबाट नै फर्काएको डिएसपी जोशीले बताउनु भएको छ ।

सशक्त प्रहरी, प्रहरी र ट्राफिकले भक्तपुर प्रवेश गर्ने साँगा र जडिवुटी नाका र अरनिको राजमार्गको चोक चोकमा चेकिङ कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV