१६ बैशाख २०७७, मंगलवार

काठमाडौं, १६ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनको मृत्यु भएको वा गम्भीर बिरामी रहेको हल्ला चलिरहेको बेला एक तस्वीर भाइरल बनेको छ । एक सिसाको कफिन ( शव राख्ने बाकस) मा उनको शव रहेको दाबी गर्ने एक तस्वीर भाइरल भइरहेको छ ।

किमकाे भाइरल तस्वीर

सामाजिक सञ्जालमा शेयर गरिएको किमको उक्त तस्वीरमा उनका आँखा बन्द भएको र रातो कपडा ओढाएर सिरानीमाथि टाउको राखिएको र पछाडि ढल्काएको देखिन्छ । उत्तर कोरियाका नेताहरूको परम्परा अनुसार मृत्युपछि रातो कपडा ओढाएर सिरानीमाथि टाउको राखिने चलन छ ।

अहिले अमेरिका र चीन किमबारे सत्य तथ्य पत्ता लगाउन लागिपरेका छन् । उत्तर कोरियाले भने किमले लेखेको पत्र सर्वजनिक गरेको छ । उक्त पत्रले भने उनी अझै जीवित रहेको संकेत गरेकाे छ ।

बुवा किम जोंग इलको तस्वीर

किमको मृत्यु भएको दाबी गर्ने हाल भाइरल भइरहेको उक्त तस्वीर सन २०११ मा निधन भएको उनको बुवा किम जोंग इलकोसंगको तस्वीरसंग मिल्छ । उनका बुवाको मुटु रोगका कारण नै मृत्यु भएको थियो । किमकाे पनि मुटुमा समस्या देखिएकाे खबरहरू अाए ।

किम र उनको बुवा दुवै जनाको तस्वीर टाउको पछाडि उही कोण, सिरानी र फूल व्यवस्था रहेको देखिन्छ । त्यसैले केही अधिकारीहरुले किमको अनुहार र काँधहरूसंग उनको बुवाको तस्वीर जोडिएर ‘फेक’ तस्वीर बनाइएको पनि हुन सक्ने अनुमान लगाएका छन् ।

किमको उक्त तस्वीर हङकङको एचकेएस टिभीमा प्रत्यक्ष देखाइएको जनाइएको छ । अफवाहको आँधीबेहरीको बीचमा तस्वीर हजारौंपटक अनलाइनमा शेयर भइरहेको छ । उनको मृत्युको दावीको रिपोर्ट गर्ने पहिलो आउटलेटमध्ये उक्त टिभी पनि एक हो ।

किमबारे विवादास्पद रिपोर्टहरू बाहिर आइरहेको समयमा दक्षिण कोरियाले पनि किम जीवित नै रहेको बताएको छ । अब भने किमबारे उत्तर कोरियाको टिभीमा घोषणा नभएसम्म कुनै पनि जानकारी प्रमाणित गर्ने सम्भावना नभएको जनाइएको छ ।

किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरेको जनाइएको छ । त्यसैले उनी उनका दिवंगत हजुरबाबाको जन्मजयन्ती समारोह (अप्रिल १५)मा समेत अनुपस्थित थिए । साेही कारण उनीबारे अनेक अड्कल बाहिर अाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV