१६ बैशाख २०७७, मंगलवार

काठमाडौं, १६ वैशाख । सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी चार दलहरुले माग गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरुको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानबिन गर्न माग गरेका हुन्।

पार्टी फुटाउन अपहरणको शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको भन्दै विपक्षी दलहरुले घटनाको छानबिन गर्न मा गरेका हुन्। सोमबार प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी नेपाल र राप्रपाका संयुक्त बैठकले सांसद अपहरणको घटना छानबिन गर्न माग गरेका हुन्।

सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा विपक्षी दलहरुबाट व्यापक विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएपनि पृष्ठभूमिमा भएको अपराधको चित्र र चरित्रको पटाक्षेप नभएको भन्दै विरोध गरेको दलहरुले गरेका छन्। याे खबर नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV