१५ बैशाख २०७७, सोमबार
  • सविन लामिछाने

भिमाद , १५ बैशाख। तनहुँको घिरिङ्ग गाउंपालिका वडा न ५ बेलभञ्ज्याङ् देउरालीस्थित भित्री ग्रामीण बाटोमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

आज साँझ ५ बजेर ४० मिनेट मा नवलपुर जिल्लाको बौदिकालि २ डेढगाउँबाट पोखरा जाँदै गरेको ग १ झ ७५०२ नम्वरको जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएको छ ।

घाइते हुनेमा ६ महिने बालक अनिल खत्री, उनको आमा २६ वर्षीय सुनीता खत्री, हजुरआमा ५५ वर्षीय दिलमाया खत्री, बालकका दाई ७ वर्षीय अभिषेक खत्री र सहचालक बौदिकालीका २१ वर्षीय सन्तोष परियार रहेको प्रहरीले जनाएको छ । सन्जु पोखरेलको अवस्था गम्भीर भएकोले पोखरा रिफर गरिएको छ।

जिप सडकबाट १ सय ५० मिटर तल वारीमा खसेको छ ।अनियन्त्रीत भई छेउबाट बारीमा जीप खसेको बताइएको छ भने डाइभरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV