१५ बैशाख २०७७, सोमबार
  • कृष्ण खनाल/भगतराम थारु,

नेपालगञ्ज, १५ बैशाख । पूर्व पश्चिम राजमार्ग हुँदै भोकभोकै हिड्ने नागरिकलाई सयुक्त भोजनालयको व्यवस्था गरेको कोहलपुरमा स्वरुप परिवर्तन गरेर सेवा प्रवाह गरिने बताइएको छ ।

लकडाउनका कारण पैदल यात्रामा हिडेकाहरुलाई सहयोग पु-याउने भन्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुरले सामूहिक खाना खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

सोमवार पत्रकार सम्मेलनको आयोजना गरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुरले अव बाटोमा हिड्ने बटुवाहरुको उद्दार र राहतमा ध्यान दिइने कार्यक्रम संयोजक लक्ष्मणराज पौडेलले जानकारी दिनुभयो ।

लामो दूरी पैदलयात्रीको संख्या न्यून हुँदै गएकोले सामूहिक खाना खुवाउने कार्यक्रम स्थगित गरिएको कार्यक्रमका संयोजक पौडेलले जानकरी दिनुभयो । ११ दिनको अवधिमा झण्डै ७ हजार २ सय ८२ जनालाई खाना खुवाईएको छ ।

१३ हजार बढी नागरिकलाई उद्दार गरी खाना खुवाएर गन्तव्य तर्फ पठाएको उहाँले बताउनुभयो । कोहलपुर चौराहमा भोजन व्यवस्थापन गर्दा कोहलपुरमा कोरोना संक्रमण बढ्न सक्ने भन्दै बिभिन्न क्षेत्रबाट बिरोध समेत भएको थियो ।

अलपत्र अवस्थामा रहेका नागरिकलाई भोकले समस्या आउन नदिने र स्थानीय सरकारलाई सहयोग पु-याउने तरिकाले राहत र उद्दारमा खटिने उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV