१५ बैशाख २०७७, सोमबार
  • उत्तम पौडेल/राजेन्द्र अधिकारी,

पोखरा, १५ बैशाख । पोखरा महानगरपालिका वडा नं ९ स्थित कृष्ण टोलका स्थानीयले आफूहरुले राहत नपाएको भन्दै वडा कार्यालयको भवन तथा महानगरपालिका अगाडि प्रर्दशन गरेका छन ।

लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर खाने परिवारलाई सरकारले दिएको राहतमा आफूहरु नपरेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका छन ।

वडा नं ९ स्थित कृष्ण टोलका करिब १३० भन्दा बढी दैनिक ज्यालादारी गरेर खाने मजदूर परिवारहरुले सरकारी राहतको माग गरेर वडामा नामावली टिपाएका थिए ।

उनीहरुमध्ये जम्मा ५६ परिवारलाई मात्र राहतको प्याकेज बितरण गरिएको थियो । स्थानीयका अनुसार लामो समय लकडाउन भएको र दैनिक मजदूरी गरेर खाने परिवारलाई राहत नदिइनु महानगरपालिका र वडाको राजनीतिक पूर्वाग्रह रहेको आरोप उनीहरुले लगाएका छन ।

राहत नपाएका परिवारहरुले वडा कार्यालयमा तालाबन्दी गर्ने नाराबाजी गरेर बिरोध जनाउने तथा वडा कार्यालय र महानगरपालिका अगाडि विरोध गर्दै लकडाउनको उल्लंघन पनि गरेका छन ।

यसरी कृष्ण टोलका स्थानीयले राहतको माग गर्दै वडाध्यक्षलाई सम्पर्क गर्दा वडाध्यक्ष रामराज लामिछानेले सुकुम्बासी बस्तीका परिवारले घर घरमा राहत थुपार्न नपाएका कारण बिरोध गरेका हुन भनेर भनेकोस्थानीयले नै बताएको जिकिर गरे । तर ५१ परिवारलाई ५/५ किलो चामलले ३३ दिन कसरी गुजारा हुन्छ भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन ।

भीड नगरम भने खान पाइँदैन भीड गरे रोग लाग्छ हामी के गरम रु प्रर्दशनमा सहभागी सुत्केरी महिला भन्दै थिइन । उनले बिरोधमा उत्रिनु र लकडाउन उल्लंघन गर्नु आफुहरुको रहर नभएर बाध्यता भएको बताइन ।

पोखरा महानगरपालिका वडा नं ९ मा करीब १ हजार ९ सय ४५ जनालाई राहतको माग गरिएको थियो । जसअनुसार ३ सय ९२ परिवारलाई फुल प्याकेज तथा २ सय ९६ परिवारलाई हाफ प्याकेज राहत बितरण भएको वडा सचिवले जानकारी दिएका छन ।

उनका अनुसार कृष्ण टोलमा १ सय ९६ परिवारले राहत माग गरेका थिए भने जम्मा ५६ घरधुरीलाई मात्र राहत दिइएको थियो । सोही बिषयमा स्थानीयले राजनीतिक पूर्वाग्रह राखेर जनप्रतिनिधि, सांसद बिन्दुकुमार थापा तथा महानगरपालिकाले आफू अनुकुलका ब्यक्तिलाई मात्र राहत बितरण गरेको आरोप लगाएका छन ।

यहि वडामा सरकारले करिब ६ सय ८८ जनालाई राहत बितरण गरिसकेको दाबी गरेको छ । त्यस्तै यही वडामा सांसद बिन्दु कुमार थापाले पनि करिब १ सय १५ परिवारलाई राहत बितरण गरेको वडा सचिव लोकदर्शन कोइरालाले जानकारी दिएका छन ।

यसरी सांसदले पनि राहत बितरण गरेको र सरकारले पनि राहत बितरण गरेको एकै टोलका १ सय ५० परिवार राहतबाट बञ्चीत छन भने सरकारी राहत र सांसदको राहत कहाँ गयो प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV