१५ बैशाख २०७७, सोमबार

काठमाडौं, १५ बैशाख । छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ९६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यसैबीच, ३ सय ८१ जना संक्रमितहरु निको भएर घर फर्किएका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितहरुकरो संख्या २८ हजार नजिक पुगेको छ । त्यस्तै, कोरोनाका एक्टिभ केसहरु २० हजार नाघेको छ । जसमध्ये ८ सय ७२ जना संक्रमितहरुको ज्यान गइसकेको छ ।

करिब ६ हजार भन्दा बढीले कोरोनालाई जितेर घर फर्किएका त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतको महाराष्ट्रमा सबै भन्दा बढी कोरोना संक्रमितहरु फेला परेका छन् । हालसम्म ८ हजार भन्दा बढीमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै, गुजरातमा पनि संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन्, हालसम्म त्यहाँ ३ हजार भन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV