१५ बैशाख २०७७, सोमबार
  • सुरेश श्रेष्ठ,

दाङ, १५ बैशाख । रतुवा शिकार गरी भागवण्डा लगाएर बाँडिरहेको अवस्थामा सोमबार दिउँसो दाङको शान्तिनगरमा पाँच जनालाई गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले दाङको शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवा भन्ने स्थानमा ५ जनालाई रतुवाको मासुसहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा ल्याएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिनु भयो ।

वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीयहरु जम्मा भई खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताउनु भयो ।

मारिसकेपछि गाँउलेहरु मिलेर मासु भागवन्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नियन्त्रणमा पर्नेहरुमा शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्र बहादुर भण्डारी रहेका छन् । घटनाका विषमा थप अनुसन्धान भइरहेको चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV