१५ बैशाख २०७७, सोमबार

काठमाडौं,१५ वैशाख । बेलायती प्रधानमन्त्री बोरिस जोनसन आजबाट काममा फर्किने भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएको जोनसन सोमबारबाट काममा फर्किन लागेका हुन् ।उनी एक महिनापछि काममा फर्किन लागेका हुन् । काममा फर्किएपछि उनले देशको लकडाउनलाई परिमार्जन गर्न सक्ने अनुमान लगाइएको छ ।

कोरोना भाइरसबाट मुक्त भएर केही दिन अघि जोनसन टेन डाउनस्ट्रिटमा फर्किएका थिए । जुन सरकारी निवास हो । केही समय उक्त सरकारी निवासमा आराम गरी उनी आजबाट काममा फर्किन लागेका हुन् । उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए । गत अप्रिल ५ मा स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री जोनसन काममा फर्किन लागेको बेलायती विदेशमन्त्री डोमिनिक राबले जानकारी दिएका हुन् । जोनसनको अनुपस्थितिमा राबले नै सहायक प्रधानमन्त्रीको भूमिका निर्बाह गर्दै आएका थिए ।

यदि वैज्ञानिक निर्देशनले उसलाई त्यसो गर्न अनुमति दिएमा प्रधानमन्त्री जोनसन लकडाउनको केही भागलाई परिमार्जन गर्न चाहेको बेलायती अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV