१५ बैशाख २०७७, सोमबार

काठमाडाैं, १५ वैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ८१ पुगेको छ । यसैबीच ६ हजार ५ सय २३ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या २९ लाख ९४ हजार ३५२ पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ६ हजार ९६९ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV