१४ बैशाख २०७७, आईतवार

काठमाडौं, १४ बैशाख । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५ सय ६५६ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २९ लाख ६५ हजार ७११ पुगिसकेको छ, भने ८ लाख ७१ हजार २६५ जना निको भइसकेका छन् ।

यसैबीच, १० लाख ७६ हजार ९२१ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १८ लाख ८८ हजार ७९० वटा केसहरु एक्टिभ छन् ।

यो समाचार बनाउँदासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५४ हजार ९४१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख ७० हजार ७५७ पुगेको छ । जसमध्ये १ लाख १८ हजार ६३३ जना निको भइसकेका छन् ।

त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २६ हजार ६४४ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६४ हजार ९२८ पुगेको छ ।

यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २३ हजार १९० को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख २६ हजार ६२९ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख १७ हजार ७२७ पुगेको छ ।

फ्रान्समा १ लाख ६१ हजार ४८८ जना कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ६१४ को ज्यान गएको छ । यसैबीच ४४ हजार ५४९ निको भएर फर्किएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २० हजार ७३२ पुगेको छ, भने १ लाख ५२ हजार ८४० जना संक्रमित छन् ।

त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV